घटस्थापनाको दिन सुनचाँदीको मूल्य घट्यो


दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन पाँच दिनमै प्रतितोला ९ सय रुपैयाँले घटिसकेको छ। गत सोमबार प्रतितोला ५७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ रहेको सुन यस दिन ५६ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७६० कायम भएको छ।  दसैँ तिहारका बेला सुनचाँदीको कारोबार समेत उच्च हुने गर्दछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.