आइतबार चार सयले घट्यो सुन


साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ५७ हजार १ सय रुपैयाँ कायम रहेको सुन आइतबार ५६ हजार ७ सयमा झरेको हो।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला ७८५ रुपैयाँ रहेको चाँदीको मूल्य यस दिन ७७५ रुपैयाँ कायमभएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.