सुनचाँदीको मूल्य बुधबार बढ्यो


बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा २ सय र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि तीन दिनसम्म सुनको मूल्य लगातार घटेको थियो। आज फाइन गुणस्तरको सुनको मूल्य तोलामा ५७ हजार १ सय रुपैयाँ कायम भएको छ भने स्टान्डर्ड सुनको मूल्य ५६ हजार ८ सय रुपैयाँ रहेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८५ कायम भएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.