सुन तीन सयले घट्यो

फाइल तस्बिर।


साताको पहिलो दिन आइतबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेकोमा आइतबार ५७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर ७९० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा त्यसको प्रभावस्वरुप हाल सुन उच्च मूल्यमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.