सोमबार २ सयले बढ्यो सुनको मूल्य


सुनको मूल्य सोमबार पनि बढेको छ। तोलामा २ सय रुपैयाँले बढेर यस दिन ५७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ५६ हजार ८ सय रुपैयाँ तोकिएकोमा आज थप महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यसँगै चाँदी पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ७८० कायम रहेको चाँदी आज ७८५ कायम भएको छ। महासंघका अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहँदा विश्वका लगानीकर्ता सुनका आकर्षित भएका छन्। जसले गर्दा मूल्य महँगिएको महासंघका निर्देशक राजेन्द्र तुलाधरले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.