साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला ती हजार पाँच सय रूपैयाँ बढेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ५७ हजार रूपैयाँमा झर्यो।
मंगलबार आउँदा सुन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँ पुग्यो।
बुधबार मंगलबारको तुलनामा प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेर एक लाख ६० हजार रूपैयाँमा कारोबार भयो।
बिहीबार चार सय रूपैयाँ घटेर एक लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भयो।
शुक्रबार पनि बिहीबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला २० रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।
आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार स्थिर रह्यो भने मंगलबार १५ रूपैयाँ बढेर १८ सय ७५ रूपैयाँमा कारोबार भयो।
त्यस्तै, बुधबार प्रतितोला २० रूपैयाँ बढेर एक हजार आठ सय ९० रूपैयाँ पुग्यो भने बिहीबार १० रूपैयाँ घटेर एक हजार आठ सय ७५ रूपैयाँ पुग्यो।
बिहीबारको तुलनामा शुक्रबार पनि प्रतितोला ५ रूपैयाँ बढेर एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको छ।