साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढेको छ।
आइतबार एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक सय रूपैयाँ बढेर एक लाख ५५ हजार आठ सय पुग्यो।
मंगलबार आउँदा सुन प्रतितोला आठ सय रूपैयाँ घटेर प्रतितोला एक लाख ५५ हजारमा झर्यो।
बुधबार मंगलबारको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेर एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भयो।
बिहीबार र शुक्रबार भने सुनको मूल्य धेरै बढेको देखिन्छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो बुधबारको तुलनामा एक हजार दुई सय रूपैयाँ बढ्यो।
शुक्रबार पनि बिहीबारको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर एक लाख ५७ हजार नौ सय रूपैयाँ पुग्यो।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला ३० रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।
आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार स्थिर रह्यो भने मंगलबार ४० रूपैयाँ घटेर १८ सय २० रूपैयाँमा कारोबार भयो।
त्यस्तै, बुधबार प्रतितोला १० रूपैयाँ बढेर एक हजार आठ सय ३० रूपैयाँ पुग्यो भने बिहीबार ५० रूपैयाँ बढेर एक हजार आठ सय ८० रूपैयाँ पुग्यो।
बिहीबारको तुलनामा शुक्रबार पनि प्रतितोला १० रूपैयाँ बढेर एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको छ।
आइतबार (पुस २९) देखि शुक्रबार (माघ ४) सम्म तोकिएको सुनचाँदीको मूल्यः
बार | सुनको मूल्य | चाँदीको मूल्य |
आइतबार | १,५५,७०० | १,८६० |
सोमबार | १,५५,८०० | १,८६० |
मंगलबार | १,५५,००० | १,८२० |
बुधबार | १,५५,४०० | १,८३० |
बिहीबार | १,५६,६०० | १,८८० |
शुक्रबार | १,५७,९०० | १,८९० |
स्रोतः नेपाल सुनचाँदी व्यवसायी महासंघ