स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनसँगै चाँदीको मूल्य भने घटेको छ।
महासंघका अनुसार मंगलबार एक तोला सुद्दको मूल्य एक लाख ५५ हजार ५०० रूपैयाँ छ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ८०० रूपैयाँ थियो। यस आधारमा यस दिन प्रतितोला ८०० रूपैयाँले मूल्य घटेको छ। अघिल्ला दुई दिन लगातार मूल्य बढेको थियो।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले घटेको छ।
यस दिन चाँदी प्रतितोला एक हजार ८२० रूपैयाँमा किनबेच भएको छ। अघिल्लो दिन एक हजार ८६० रूपैयाँमा किनबेच गरिएको थियो।