सुनको मूल्य घट्यो, चाँदी स्थिर

फाइल तस्बिर।


सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुन तोलामा १ सय रुपैयाँले घटेको हो।

आइतबार प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही सातादेखि उकालो लागेको सुनको मूल्य वृद्धि सोमबार रोकिएसँगै केही दिन घट्न सक्ने अनुमान गरिएको छ।  चाँदीको मूल्य भने स्थिर छ। एक सातादेखि स्थिर रहेको चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.