सुनको मूल्य ५६ हजार नाघ्यो

फाइल तस्बिर।


सुन डेढ महिनायताकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार फाइन सुनको मूल्य तोलामा ५६ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य ४ सय रुपैयाँ बढी हो।

शुक्रबारको मूल्य मंसिर ४ गतेयताकै उच्च हो। मंसिर ४ गते प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य भने ६ दिनदेखि स्थिर रहेको छ। प्रतितोला ७५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.