सुनको मूल्य ५६ हजार पुग्यो

फाइल तस्बिर।


सुनको मूल्य बढेर प्रतितोला ५६ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ सयले सुन महँगिएको छ।

अघिल्लो दिन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। विगत तीन सातामा सुनको मूल्य १९ सयले महँगिसकेको छ। यसअघि मंसिर २७ गते ५४ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

बुधबार चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो। तीन सातामा सुनको मूल्य तोलामा ३५ रुपैयाँले महँगिएको छ। मंसिर २७ गते प्रतितोला ७१५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.