एक सातामा एक हजारले महँगियो सुन

फाइल तस्बिर।


एक सातामा प्रतितोला एक हजारले सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ तोकेको छ। गत साताको बिहीबार सुनको मूल्य ५४ हजार ६ सय रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा भने आजको मूल्य तीन सय रुपैयाँले बढी हो। यसअघि बुधबार यो मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा ७३५ रुपैयाँ रहेको चाँदी आज ७४५ कायम भएको छ। गत बिहीबार चाँदीको मूल्य ७२० रुपैयाँ थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.