रोकिएन सुनचाँदीको मूल्य घट्ने क्रम

रोकिएन सुनचाँदीको मूल्य घट्ने क्रम


सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। विगत एक महिनाको अवधिमा सुन प्रतितोला १५०० रुपैयाँ सस्तिएको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक महिनाअघि सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो। कहिले स्थिर त कहिले सामान्य घट्दै गर्दा एक महिनाको अवधिमा प्रतितोला १५ सयले सुन सस्तिएको छ। शुक्रबार सुनको मूल्य ५४ हजार ५ सय रुपैयाँमा झरेको छ। गत शुक्रबार ५५ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै चाँदी एक महिनाअघि प्रतितोला ७६५ रहेकोमा ७१० रुपैयाँमा झरेको छ। गत शुक्रबार प्रतितोला ७४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.