दुई सयले घट्यो सुनको मूल्य


 

अघिल्लो दिनको तुलनामा आजको सुनको मूल्य दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो दिन ५५ हजार ५ सय रुपैयाँ प्रति तोला रहेको फाइन सुनको मूल्य आज ५५ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

तेजाबी सुन सोही अनुपातमा घटेर आजको विक्री दर प्रति तोला ५५ हजार पुगेको छ।

त्यस्तै चाँदी अघिल्लो दिनको मूल्यको तुलनामा प्रति तोला ५ रुपैंयाँको गिरावट भएको छ। आज प्रति तोला चाँदीको कारोबार मूल्य ७ सय ३५ रुपैंयाँ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.