सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा ५५ हजार ७ सय रहेकोमा शुक्रबार ५५ हजार ४ सयमा झरेको छ। सुनको मूल्य केही दिनयता लगातार घटिरहेको छ।

मंगलबार ६१ हजार १ सय रुपैयाँ थियो। त्यस्तै अघिल्लो दिन तोलामा ७४५ रुपैयाँ रहेको चाँदी ७४० मा झरेको छ। यसअघि सोमबार ७६५ रुपैयाँ थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.