सुनचाँदीको मूल्य घट्यो #NepalVotes #NepalElection2017 सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँले घटेको हो। सुनको मूल्य तोलामा ५५ हजार २ सय तथा चाँदीको ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कायम भएको सुनको मूल्य फाइन गुणस्तरको हो। स्टान्डर्ड सुनको मूल्य योभन्दा ३ सय रुपैयाँ कम पर्दछ। ९९. ९ प्रतिशत शुद्धताको मात्रा रहेकोलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड सुन भन्ने गरिन्छ।

विगत एक साताको अवधिमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। गत बुधबार फाइन सुनको मूल्य तोलामा ५५ हजार ७ सय रुपैयाँ थियो। चाँदी विगत एक सातामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ७६० रुपैयाँ थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.