घर बनाउन चाहिने निर्माण सामाग्री र मूल्य अब मोबाइलमै


घर बनाउन चाहिने निर्माण सामाग्री र तिनको मूल्य तथा प्रयोगबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘हाम्रो घर’ नामको एप सार्वजनिक गरिएको छ।

जगदम्बा सिमेन्टले हालै ल्याएको यो एपले निर्माण सम्वन्धी काम गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर तथा आवश्यक उपकरणबारे जानकारी दिनेछ।

त्यस्तै भूकम्पप्रतिरोधी घर निर्माण प्रक्रिया, घरका लागि पर्ने आवश्यक लागत पनि यसबाट थाहा पाइने जगदम्बाले जनाएको छ। जग्गाको क्षेत्रफल निर्धारण गर्ने कम्पास पनि यसमा समाहित छ।

यसमा निर्माण सामाग्री छनौट गरी तिनको मूल्यबारे पनि जानकारी पाइने छ। एपमा जगदम्बा सिमेन्ट कहाँ कहाँ किन्न पाइन्छ भन्ने कुराको पनि जानकारी राखिएको छ। जुनसुकै एन्ड्रोइड फोनमा यो एप डाउनलोड गरी प्रयोग गर्न सकिने बताइएको छ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.