एलजी टिभीको पर्व योजनाः ३० प्रतिशत छुट तथा उपहार


एलजीले दसैँ तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’भन्ने नाराका साथ सामान खरिदमा उपहार तथा ३० प्रतिशतसम्मको छुट योजना ल्याएको छ।

एलजीका हरेक सामाग्रीहरुको खरिदमा उपहार पर्ने तथा ३० प्रतिशत सम्मको छुट दिइएको कम्पनीले जनाएको छ। एलइडी टिभीको खरिदमा दुई वर्षसम्मको फूल वारेन्टी दिइएको एलजीले जनाएको छ।

कम्पनीका अनुसार सबै ओलेड टिभीहरु र ६० इन्चभन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९९० मूल्य पर्ने एसएचपाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ पर्ने म्युजिक फ्लो उपहारस्वरुप राखिएको छ।

४३, ४९ र ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५९० रुपैयाँ पर्ने एलएच ६४ बि अडियो सिस्टम तथा ४३ स्मार्ट र ४३ इन्चभन्दा माथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १९० पर्ने पिएचवान ब्लुटुथ स्पिकर पक्का उपहार दिइने बताइएको छ।

साइड बाई साइड, डोरइन डोर, बटम फ्रिज र रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १९० रुपैयाँ पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३३० पर्ने मिक्सर ग्राइन्डर उपहारको रुपमा राखिएको छ।

फ्रन्ट लोड वासिङ्गमेसिनमा सुपर कुकर र टप लोड अनि सेमी अटोमेटिक वासिङ्ग मेसिनमा कराई राखिएको छ। डिस्वासरमा १५ सय रुपैयाँ मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा २ हजार पर्ने कुकिङ्ग किट, र एसिको खरिदमा मूल्य २५ सय मूल्य बराबरको फ्रि इन्स्टलेशनजस्ता उपहार पाइने कम्पनीको दावी छ।

यो योजन ाभदौ १९ गते देखि सिमित अवधिको लागि लागू गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.