ताम्राकार कम्प्लेक्सले ल्यायो ‘दसैँ तिहारको बहार, मोबाइल किन्दा उपहारै उपहार’


न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दसैँ तिहारको बहार मोबाइल किन्दा उपहारै उपहार’ योजना ल्याएको छ।

भदौ २२ गतेदेखि हुने मोबाइल मेलामा सबै कम्पनीको साथ पाएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले पर्याप्त छुट पनि दिन लागिएको बताए। मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ। एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन्। मोबाइल बजारमा दसैँका बेला दिइने आन्तरिकसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन्।

नेपालीहरुको महान चाड बडादसैँ तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरीदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रुपमा टिभी, मोबाइल र पावर बैंक लगायत क्यास ब्याक सहितका उपहार पाउने व्यवस्था गरिएको ताम्राकारले जनाएको छ।

कम्प्लेक्समा प्रवेशसँगै एउटा कुपन भरी लक्की ड्रमा समाबेश हुन पाइने र सो ड्रबाट मोबाइल, पावर बैंक लगायतका उपहार वितरण गरिने अध्यक्ष जगत साउदले बताए।

ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै ब्राण्डका मोबाइलको कारोबार हुने गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.