इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दसैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकले ७० एमबिपिएस इन्टरनेट जडान गर्दा मात्र मासिक ४४३ रूपैयाँमा वाई–फाई सिक्स राउटर पाउनेछन्। साथै एक वर्षको मूल्य तिरेपछि दुई वर्षसम्म इन्टरनेट सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वाई–फाई सिक्स राउटरले एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि स्पीड नघट्ने सुविधा प्रदान गर्नेछ। यसले ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने भएकाले घर वा अफिस दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
राउटरमा कम लेटेन्सी प्रविधि प्रयोग भएकाले गेमिङ, भिडिओ स्ट्रिमिङ वा भिडिओ कलमा ढिलाइ नहुने सुविधा हुनेछ। साथै, २.४ गिगाहर्ज र ५ गिगाहर्ज दुबै फ्रिक्वेन्सी ब्यान्ड सपोर्ट गर्ने भएकाले एकनासले द्रुत गतिले इन्टरनेट चल्ने कम्पनीले बताएको छ।
मोबाइल वा ल्यापटप जस्ता उपकरणको ब्याट्री खपत कम गर्ने सुविधा पनि वाई–फाई सिक्समा हुन्छ।
यो अफर एक सय, दुई सय र तीन सय एमबिपिएससम्मका अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुने कम्पनीले जनाएको छ। इन्टरनेटसँगै आइपीटीभी सेवा पनि उपलब्ध हुनेछ, जसअन्तर्गत मासिक २५० रूपैयाँमा स्मार्ट सेट-टप बक्समार्फत विभिन्न च्यानल हेर्न सकिनेछ।