ग्लोबल टेक जायन्ट जेडटिइ कर्पोरेसनले दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। ती-नुबिया ए–५६ र नुबिया ए–३६ हुन्।
यी फोन शून्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा पाइने कम्पनीले जनाएको छ।
फोनमा ६.७५ इन्चको एचडी स्क्रिन जडान गरिएको छ। त्यस्तै, ग्राहकले यसमा पाँच हजार एमएएच ब्याट्री सुविधा पाउँछन्।
ग्राहकले नुबिया ए–५६ स्मार्टफोन १२ जिबी/१२८ जिबी स्टोरेजमा पाइन्छ। फोनको मूल्य ११ हजार ९ सय ९९ छ। नुबिया ए–३६ स्मार्टफोन १२ जिबी/६४ जिबी क्षमतामा पाइन्छ। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ छ।
ग्राहकले दुवै फोन खरिदमा १८ महिनाको वारेन्टी पाउनेछन्।