शाओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड७ र रेड्मी प्याड२ को प्रि बुकिङ खुला गरेको छ।
शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो ब्याट्री आयु र नवीनतम शाओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने अपेक्षा गरिएको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, 'यी ट्याब्लेटहरूले नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने शाओमीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छन्। शाओमी प्याड ७ उत्कृष्ट प्रदर्शन खोज्ने उपभोक्ताका लागि लक्षित गरिएको छ भने रेड्मी प्याड २ प्रिमियम ट्याब्लेट अनुभव सबैका लागि सुलभ बनाउने प्रयास हो।'
शाओमी प्याड ७ः प्रिमियम प्रदर्शन र डिजाइनको संयोजन
शाओमी प्याड ७ मा ३.२ के रिजोलुसन सहितको १४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउँछ।
स्न्यापड्रागन® ७+ जेन ३ प्रोसेसरसहित यो ट्याब्लेट ४एनएम प्रविधिमा निर्मित भएको हो, जसले गहन कामहरूमा समेत उत्कृष्ट प्रदर्शन दिन्छ।
८८५० एमएएच क्षमताको ब्याट्रीलाई ४५वाटको फास्ट चार्जिङ प्रविधिद्वारा १०३ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ।
डेस्कटप जस्तै मल्टी टास्किङ अनुभव दिन सक्ने हाइपरओएस प्रणाली यसमा समावेश छ। १३ मेगापिक्सल ब्याक र ८ मेगापिक्सल फ्रन्ट क्यामराले उच्च गुणस्तरको फोटोग्राफी अनुभव प्रदान गर्छ।
रेड्मी प्याड २ः सबैका लागि पहुँचयोग्य ट्याब्लेट
११ इन्चको २.५के डिस्प्ले, ९० हट्र्ज रिफ्रेस रेट र हेलिओ जी १०० अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड २ अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प हो।
यो ट्याब्लेट ६ एनएम प्रविधिमा निर्मित शक्तिशाली प्रोसेसरसहित आएको छ जसले भरपर्दो कार्य सम्पादन प्रदान गर्छ।
यसमा रहेको ९००० एमएएच ब्याट्रीले दिनभरको कामलाई सहज बनाउँछ। स्टोरेज विकल्पका रूपमा ६ जिबी + १२८ जिबीदेखि सुरू भई ८ जिबी+२५६ जिबीसम्म उपलब्ध छ।
थप विशेषताहरू:
दुबै ट्याब्लेटमा चारवटा स्पिकर छन् जसमा डल्बी एटमस प्रविधिको रहेको छ, जसले सिनेम्याटिक साउन्ड अनुभव प्रदान गर्छ। टियुभी रेहिइनल्याण्ड प्रमाणीकरण पाएको स्क्रिनले आँखाको सुरक्षालाई ख्याल राखेको छ।
मूल्य र उपलब्धता:
शाओमी प्याड ७ ग्रे (खैरो), ग्रिन (हरियो) र ब्लु (निलो) रंगमा उपलब्ध छ।
८जिबी+ १२८जिबी र ८जिबी + २५६जिबी स्टोरेज भेरियन्टमा प्राप्त गर्न सकिन्छ।
त्यस्तै रेड्मी प्याड २ ग्राफाइट ग्रे (खैरो), मिन्ट ग्रिन (हरियो) र ल्याभेन्डर पर्पल (बैजनी) रंगमा ६जिबी+ १२८जिबी र ८जिबी+२५६ जिबी स्टोरेज उपलब्ध छ।
६ जिबी+१२८ जिबी स्टोरेज भएको रेड्मी प्याड २ को मूल्य २४ हजार ९९९ रूपैयाँ र ८ जिबी+२५६ जिबी स्टोरेजको लागि २९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
त्यसैगरी, ८ जिबी+१२८ जिबी स्टोरेज भएको शाओमी प्याड ७ को मूल्य ४४ हजार ९९९ रूपैयाँ र ८ जिबी+२५६ जिबी स्टोरेजको लागि ४९ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ।
शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ जुन १७ देखि २० सम्म खुला रहनेछ।
यो समयमा प्याड ७ खरिद गर्नेहरूले ७ हजार ९९९ रूपैयाँ बजार मूल्य रहेको किबोर्ड वा फोकस पेन ५ हजार ९९९ रूपैयाँमा प्राप्त गर्न सक्नेछन् भने रेडमी प्याड २ खरिद गर्नेहरूले निःशुल्क रेडमी बड्स ५ए प्राप्त गर्नेछन्।
शाओमीका अनुसार यी दुवै ट्याब्लेटहरू नेपालभरीका सबै एमआई स्टोरहरू शाओमीका आधिकारिक बिक्रेता र दराज तथा हुकुट स्टोरमा पनि समेत उपलब्ध छन्।