सामसङ नेपालले नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा सार्वजनिक भएको घोषणा गरेको छ।
मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभान्सड ग्यालेक्सी एआई फिचरहरू र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ।
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडिओ, एप र फाइलहरू मेमोरीको चिन्ता नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ।
सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ।
अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै यो नयाँ १ टिबी भेरिएन्टले कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीको भनाइ छ।
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी मोबाइल एआईको यात्रामा एक महत्त्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमता, स्मार्ट सहयात्रीको अनुभव र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्ने कम्पनीको भनाइ छ।
यो फोन १२ जिबी/१ टिबी र्यामसहित टाइटटेनिएम सिल्भर ब्लु (निलो), टाइटटेनिएम ग्रे (खैरो) रंगमा दुई लाख ३४ हजार ९९९ रूपैयाँमा उपलब्ध छ।
यो फोन वैशाख ४ गतेदेखि देशभरीका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ शून्य प्रतिशत ब्याजमा ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी मासिक ११ हजार ७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ।