चिनियाँ मोबाइल ब्राण्ड वानप्लसको वानप्लस नोर्ड सिइ५ मा सात हजार एक सय एमएएच ब्याट्री हुने अनुमान गरिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार यो कम्पनीको बजेट सिरिज अन्तर्गतको फोन भएकाले ग्राहकले सहजै खरिद गर्न सक्नेछन्।
ब्याट्री क्षमता ठूलो भएकाले दुई/तीन दिनसम्म चार्ज गर्नु पर्दैन।
फोनमा स्न्यापड्रागन ७ जेन प्रोसेसर जडान गरिने छ। कम्पनीले उक्त फोन सार्वजनिक गर्ने मिति भने उल्लेख गरिसकेको छैन।