चिनियाँ मोबाइल ब्राण्ड भिभोले पछिल्लो स्मार्टफोन भिभो भि–५०ई भारतीय बजारमा सार्वजनिक गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार यो फोन पातलो डिजाइनको छ।
फोनको मोटाई ७.३९ मिमी छ। फोनमा ६.७ इञ्चको डिस्प्ले छ। फोनमा पाँच हजार ६ सय एमएएच क्षमताको ब्याट्री जडान गरिनुका साथै सबैभन्दा बढी ९० वाटको फास्टचार्ज सुविधा छ।
फोनको पछाडि मुख्य क्यामरा ५० मेगापिक्सल र ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा छ।
त्यस्तै, सेल्फीको लागि ५० मेगापिक्सलको आई–एफ (अटोफोकस) क्यामरा छ।
दुवैतिरको क्यामराले फोके भिडिया रेकर्ड गर्न सकिन्छ।
ग्राहकले फोन ८ जिबी/१२८ जिबी र ८ जिबी/२५६ जिबी गरी दुई क्षमतामा पाउनेछन्।
फोनको मूल्य क्रमशः २८ हजार ९ सय ९९ र ३० हजार ९ सय ९९ भारू तोकिएको छ।
फोन दुइटा रङमा उपलब्ध हुनेछ।