जापानी ब्राण्ड सोनी नेपाली बजारमा भित्रिएको लामो समय भयो।
नेपाली बजारमा सोनी ब्राण्डको आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिङ्क प्रालि छ। सोनी नेपाली बजारमा अत्यधिक रूचाइएको ब्राण्ड हो।
उपभोक्ताले सोनी ब्राण्डका टिभी, क्यामरा, एयर बड्स, हेडसेट, स्पिकर लगायतका इलेक्ट्रोनिक सामग्री बजारमा किन्न पाउँछन्।
हामीले यहाँ सोनी ब्राण्डका टिभी बारे चर्चा गरेका छौं। उपभोक्ताले सोनीका ३२ देखि ८५ इञ्चसम्मका टिभी बजारमा पाउने लबिममलस्थित सोनी स्वरूम इन्चार्ज सन्तोष बरालले जानकारी दिएका छन्।
उनका अनुसार सोनीका सबै टिभी गुगल टिभी हुन्। अर्थात् यी टिभी गुगल सिस्टमबाट चल्छ। सोनीको ३२ इञ्चको टिभी एचडी टिभी हो भने त्यसभन्दा माथि इञ्चका सबै टिभी फोके गुगल टिभी हुन्।
कम्पनीले सोनीका ग्राहकलाई उपत्यकाभित्र २४ घण्टामा होम सर्भिस दिँदै आएको छ।
कम्पनीले आफ्ना सामानमा दुई वर्षको फुल वारेन्टी र एक वर्षको सर्भिस वारेन्टी दिएको छ।
ग्राहकले सोनीका उत्पादन नेपाल अधिराज्यभर किन्न पाउँछन्।
टिभीका मोडल, मूल्य र विशेषताः
ब्राभिया (केडिएल–३२डब्लु८३०के)
डिस्प्लेः ३२ इञ्च
रिज्योलुसनः एचडी
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः ७२ हजार रूपैयाँ
स्पिकरः १०/१० वाटको दुइटा स्पिकर
ब्राभिया (केडी–४३एक्स७५के)
डिस्प्लेः ४३ इञ्च
रिज्योलुसनः फोके, युएचडी
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः एक लाख रूपैयाँ
स्पिकरः १०/१० वाटको दुइटा स्पिकर
ब्राभिया (केडी–५०एक्स७५के)
डिस्प्लेः ५० इञ्च
रिज्योलुसनः फोके, युएचडी
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः एक लाख ३० हजार
स्पिकरः १०/१० वाटको दुइटा स्पिकर
सोनी ब्राभिया–३ (के–५५एस३०)
डिस्प्लेः ५५ इञ्च
रिज्योलुसनः फोके, युएचडी
साउण्डः १०/१० वाटको डल्बी एट्मस साउण्ड सिस्टम स्पिकर
मूल्यः एक लाख ९० हजार रूपैयाँ
यो साइजको टिभी उपभोक्ताले 'केडी–५५एक्स७५के' मोडलमा पनि पाउँछन्।
यसको मूल्य एक लाख ४४ हजार रूपैयाँ तोकिएको छ।
सोनी ब्राभिया–३ (के–६५एस३०)
डिस्प्लेः ६५ इञ्च
रिज्योलुसनः फोके, युएचडी
साउण्डः डल्बी डिजिटल साउण्ड सिस्टम
मूल्यः मूल्य २ लाख ३५ हजार रूपैयाँ
यो साइजको टिभी उपभोक्ताले 'केडी–६५एक्स७५के' मोडलमा पनि पाउँछन्।
यसको मूल्य एक लाख ९१ हजार रूपैयाँ तोकिएको छ। यसमा १०/१० वाटको दुइटा डल्बी एट्मस स्पिकर जडान गरिएको छ।
ब्राभिया (के–७५एस३०)
डिस्प्लेः ७५ इञ्च
रिज्योलुसनः फोके, युएचडी
साउण्डः १०/१० वाटको डल्बी एट्मस साउण्ड सिस्टम
मूल्यः चार लाख १० हजार रूपैयाँ
यो साइजको टिभी उपभोक्ताले 'केडी–७५एक्स८०एल’ र ‘केडी–७५एक्स७५के' मोडलमा पनि पाउँछन्।
यसको मूल्य क्रमशः तीन लाख ६० हजार र चार लाख रूपैयाँ तोकिएको छ।
सोनी ब्राभिया–३ (के–८५एस३०)
डिस्प्लेः ८५ इञ्च
रिज्योलुसनः फोके, युएचडी
साउण्डः १०/१० वाटको डल्बी एट्मस साउण्ड सिस्टम
मूल्यः पाँच लाख ६० हजार रूपैयाँ तोकिएको छ।