नेपाली बजारमा विभिन्न कम्पनीका फोन भित्रिएका छन्। त्यो मध्ये चिनियाँ कम्पनी भिभोले नेपाली बजारमा राम्रो स्थान पाएको छ।
भिभोले सबै उमेर समूहलाई सुहाउँदो सस्तादेखि महँगा स्मार्टफोन ल्याउने भएकाले ग्राहक यस कम्पनीको फोनप्रति बढी आकर्षित छन्। कम्पनीले हाल बजारमा १३ हजार चार सय ९९ देखि एक लाख ८४ हजार चार सय ९९ रूपैयाँसम्मका फोन ल्याएको छ।
त्यसमध्ये यहाँ भिभोको सबैभन्दा सस्तो स्मार्टफोन बारेमा उल्लेख गरिएको छ।
भिभो वाई–०३
यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा १३ मेगामिक्सल क्यामरा जडान गरिएको छ। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा ५ मेगापिक्सल क्यामरा जडान गरिएको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
फोनमा वाटरप्रुफ स्क्रिन जडान गरिएकाले गल्तीले केही गरी फोन पानीमा खसिहाल्यो भने पनि फोनभित्र पानी पस्न पाउँदैन।
फोनमा वाइफाई तथा ब्लुटुथ कनेक्ट सुविधा छ। यो फोन दुइटा रंगमा उपलब्ध छ।
फोनमा ४ जिबी र्याम र ६४ जिबी स्टोरेज छ। यो फोनको मूल्य १३ हजार चार सय ९९ सय रूपैयाँ तोकिएको छ।
४ जिबी/१२८ जिबी क्षमता फोनको मूल्य भने १४ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।