नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले 'साम्बा प्याक' सार्वजनिक गरेको छ।
नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको छ।
साम्बा प्याकअन्तर्गत ५० एमबिपिएस, १०० एमबिपिएस, २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेट योजना उपलब्ध छन्।
विशेष रूपमा १०० एमबिपिएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० एमबिपिएस को मूल्य ८ हजार पाँच सय (कर सहित) बाट सुरू हुनेछ।
भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ।
कम्पनीको अनुसार साम्बाको समर्पण, दृढता र उत्कृष्टता 'साम्बा प्याक' का मुख्य मूल्यहरू गति र शक्तिको प्रतिविम्ब हो।
यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ।