हुवावेले नेक्स्ट जेनेरेसनको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक गरेको छ।
हुवावे डेटा सेन्टर सुविधा र क्रिटिकल उत्पादन लाइनका अध्यक्ष हे बोले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर 'सिंगल साइटपावर' र एआई डाटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिएमको मंगलबार अनावरण गरेका छन्।
यसले अपरेटरहरूलाई ऊर्जा व्यावसायिकको रूपमा फस्टाउन र एआईको नयाँ युगमा राम्रो आइसिटी सुविधाहरू निर्माण गर्न सहयोग गर्ने बताइएको छ।
सिंगल साइटपावर' साइट पावर सुविधाहरूको लागि नेक्स्ट जेनेरेसनको बौद्धिक आर्किटेक्चर सिंगल साइटपावर, साइट पावर सुविधाहरूको लागि नेक्स्ट जेनेरेसनको बुद्धिमान समाधान आर्किटेक्चर हो।
यसले पावर स्रोत, ग्रिड र लोडदेखि भण्डारणसम्मको अन्त्य-देखि-अन्त (इन्ड-टू-इन्ड) प्रक्रियामा पावर र सूचना प्रवाहको द्विदिशात्मक अन्तरक्रिया लागु गर्न साइट पावर सुविधाहरू, वायरलेस नेटवर्कहरू र पावर ग्रिडहरूलाई समेट्ने एक अद्वितीय तीन-स्तरीय सिनर्जी संयन्त्र अपनाउँछ।
यो आर्किटेक्चरले पूर्ण-लिङ्क सेन्सिङ, दृश्यीकरण, र व्यवस्थापनलाई सहयोग गर्दछ, नेटवर्क कार्बन तीव्रता ऊर्जा (एनसीआइई ) घटाउँदै साइट ऊर्जा दक्षता (एसई) र पावर उपलब्धता (पिएभी) मा सुधार गर्दछ।