वर्ल्डलिंक कम्युनिकेसनले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ ।
आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंकले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो ।
१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरूको अतुलनीय योगदान रहेको वर्ल्डलिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौं, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तीमा १० जना सेवाग्राहीलाई आइफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं।'
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ। मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ।
१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तीमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदाहरण भएको वर्ल्डलिंकले जनाएको छ।
इन्टरनेट सेवालाई दूरदराज र ग्रामीण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पुर्याउने पनि वर्ल्डलिंकले प्रतिबद्धता जनाएको छ।
फागुनको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।