दक्षिण कोरियाली मोबाइल ब्राण्ड सामसङले एकैसाथ दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार ती सामसङ ग्यालेक्सी ए–५६ र ए–३६ हुन्।
कम्पनीले यी फोन आगामी महिना सार्वजनिक गर्ने अनुमान गरिएको छ। यो कम्पनीको मिड रेन्ज अन्तर्गतको फोन हो। यी स्मार्टफोन ओएस अपडेटका साथ सार्वजनिक हुनेछ।
फोनको अन्य विशेषता र मूल्य भने सार्वजनिक गरिएको छैन।
ए सिरिज अन्तर्गत ए–५५ को मूल्य ६२ हजार ९ सय ९९८ (जिबी/२५६ जिबी) र ६६ हजार ९ सय ९९ (१२ जिबी/२५६ जिबी) रूपैयाँ छ।