एनसेलले नयाँ प्रिपेड सेवा 'सधैं अन रिन्युअल प्याक' सञ्चालनमा ल्याएको छ।
एनसेलले ग्राहकहरूलाई दूरसञ्चार सेवाहरूमा सहज, सुलभ प्याकहरूका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्य सहित उक्त सेवा सञ्चालनमा ल्याएको हो।
सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्युअल प्याकहरूमार्फत ग्राहकहरूले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरूको फाइदा लिन सक्छन्।
रिन्युअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरू प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो।
यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ। यसको अर्थ त्यस्ता सेवा, सुविधाहरू अर्को महिनाका सेवा, सुविधाहरूमा थप हुने व्यवस्था रहेको छ।
यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा *१२३*९# डायल गरेर वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ।
सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नवीकरण हुने यी प्याकहरूमा ग्राहकले पूरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन्।
यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढीको समयावधि रहेको छ।
यी प्याकहरूमा युट्युबमा अनलिमिट्ड भिडिओ स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरू डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकहरूमा ग्राहकहरूले आफ्ना परिवारजन, साथीभाई, र सहकर्मीहरूसँग महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन्।
रिन्युअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्युअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्युअल गरी तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ।
पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक ३९९ रूपैयाँ, ४९९ रूपैयाँ र ५९९ रूपैयाँका प्याकहरू रहेका छन्।
यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड युट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन्।
प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जिबीदेखि २० जिबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन्।
दोस्रोमा अनलिमिटेड रिन्युअल प्याक अन्तर्गत कर सहित ७९९ रूपैयाँ, ९९९ रूपैयाँ, र एक हजार ४९९ रूपैयाँका प्याकहरू समावेश रहेका छन्।
यी प्याकहरूमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटाका साथै प्याकअनुसार ३० जिबीदेखि १०० जिबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन्।
त्यसैगरी तेस्रो रिन्युअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरू रहेका छन्।
एनसेलले रिन्युअल अर्थात नवीकरण ग्राहकहरूका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकहरूले रिन्युअल अर्थात नवीकरणको समय÷मितिबारे अग्रिम जानकारी पाउँछन्।
साथै, नवीकरण समय आउनु अघि नै ग्राहकहरूले नियमित रूपमा प्याकहरू खरिद गर्ने विकल्प पनि पाउँछन्।