एप्पलले फोल्डेबल आइफोन ल्याउने भएको छ।
यो मोडलले सामसङ, ओपो र हुवावे लगायतका स्मार्टफोनलाई टक्कर दिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
उक्त आइफोनमा ७.७४ इन्चको डिस्प्ले हुनेछ। ठूलो डिस्प्ले डिजाइन गरिएकाले आइप्याड जसरी अनफोल्ड हुनेछ।
यो आइफोन आगामी वर्ष सार्वजनिक हुनसक्ने अनुमान लगाइएको छ।
कम्पनीले भने अहिलेसम्म फोल्डेबल आइफोन सार्वजनिक गर्ने योजनाबारे घोषणा भने गरेको छैन तर पेटेन्ट भने लिएको छ।