ललितपुरमा यल मेयर्स कप अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता सम्पन्न भएको छ।
शनिबार ललितपुर महानगरपालिका-२ सानेपास्थित क्लासिक भेन्युमा आयोजित कार्यक्रममा श्रमिक बालविज्ञान आधारभूत माध्यामिक विद्यालय प्रथम भएको हो।
हिन्दु विद्यापिठ नेपाल विद्यालय दोस्रो र बालबिनोद माध्यमिक विद्यालय तेस्रो भएको हो।
उक्त कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका प्रति विद्यालय पाँच जना विद्यार्थीहरूले प्रतिस्पर्धामा सहभागी भएका थिए।
ती विद्यालयका विद्यार्थीहरू आफैले बनाएर ल्याएका रोवोटिक्स प्रोग्रामिङका विभिन्न मोडलहरूको प्रदर्शनी गरेका थिए।
त्यस्तै दोस्रो विधाको रूपमा ९ वटा विद्यालयको छुट्टै प्रतिस्पर्धा भएको थियो। विद्यार्थीहरूले प्रतियोगिता स्थलमा नै दिइएको चुनौतीलाई कोडिङ् गरेर स्वचालित मोडलमा पनि प्रतिष्पर्धा गरेका थिए।
यसमा भने ललित कल्याण आधारभुत विद्यालय प्रथम, हरिसिद्धि माध्यमिक विद्यालय दोस्रो र हिन्दु विद्यापिठ नेपाल विद्यालय तेस्रो भएको थियो।
यो कार्यक्रम ललितपुर महानगरपालिका, सिटीनेट आर्ट्स जापानको सहयोग, केडिडिआई फाउन्डेसन जापानको आर्थिक र साझा शिक्षा ई-पाटी नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो।