नेपाल टेलिकमले २१औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार भ्वाइस ओभर वाइफाइ (भोवाइफाई) सेवा व्यावसायिक रूपमा सुरू गरेको छ।
मंगलबार आयोजित कार्याक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सेवा शुभारम्भ गरेका छन्।
मोबाइल नेटवर्कले नटिपे पनि वाइफाई वा पब्लिक वाइफाई जोडिएमा मोबाइल नम्बरकै आधारमा भ्वाइस कल वा एसएमएस गर्न यो भोवाइफाई सेवाबाट सकिन्छ।
भोवाइफाई सपोर्ट गर्ने र भोएलटिई सेवा एक्टिभेट भएको जुनसुकै मोबाइल फोनमा यो सेवा चल्नेछ।
वाइफाई नेटवर्कमार्फत नेपाल बाहिरबाट पनि नेपाल टेलिकमकै मोबाइल फोनबाट भ्वास तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ।