एप्पलले आइफोनमा आर्टिफिसियल इन्टेलिजेन्स फिर्चस थप्ने भएको छ।
एप्पलको सिइओ टिम कुकले एप्पल इन्टेलिजेन्स फिचर्स सार्वजनिक गर्ने जानकारी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
एआई फिचर्स छिट्टै अंग्रेजी भाषामा आइओएस प्रयोगकर्ताको लागि उपलब्ध हुनेछ। त्यस्तै, अप्रिलसम्ममा भने फ्रेन्च, जर्मनी, जापानिज, कोरिया तथा चिनियाँ भाषामा उपलब्ध गराइने छ।
सुरूआती चरणमा एप्पल इन्टेलिजेन्स फिचर्स आइफोन–१५ प्रो, आइफोन–१६ र आइफोन–१६ प्रो मा दिइनेछ। त्यसपछि विस्तारै अन्य मोडलमा पनि उपलब्ध हुने बताइएको छ।