नेपाली बजारमा विभिन्न कम्पनीका फोन भित्रिएका छन्। त्योमध्ये चिनियाँ कम्पनी वानप्लसले नेपाली बजारमा राम्रो स्थान पाएको छ।
भिभोले सबै उमेर समूहलाई सुहाउँदो सस्तादेखि महँगा स्मार्टफोन ल्याउने भएकाले ग्राहक यस कम्पनीको फोन प्रति बढी आकर्षित छन्।
कम्पनीले हाल बजारमा १८ हजारदेखि एक लाख ४० हजार रूपैयाँसम्मका फोन ल्याएको छ।
त्यसमध्ये यहाँ वानप्लसको पछिल्लो उत्पादन 'वानप्लस नोर्ड सिई–४लाइट'बारे उल्लेख गरिएको छ।
वानप्लस नोर्ड सिइ–४लाइट
यो फोनमा ६.६७ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा सोनीका दुईवटा क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल र डेप्थ क्यामेरा २ मेगापिक्सेलको जडान गरिएको छ।
त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा १६ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ।
५ हजार ५ सय एमएएच ब्याट्री क्षमता रहेकाले ग्राहकलाई छोटो समयमै ब्याट्री चार्ज गरिरहन पर्दैन।
ग्राहकले यो फोन ८ जिबी/२५६ जिबी क्षमतामा किन्न सक्छन्। फोनको मूल्य ४१ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
ग्राहकले यो फोन सुपर सिल्भर, मेगा ब्लु र अल्ट्रा अरेन्ज गरी तीन रङमा किन्न पाउँनेछन्।