दक्षिण कोरियाली कम्पनी सामसङको बुहुप्रतिक्षित स्मार्टफोन एस–२५ सिरिज भारतीय बजारमा सार्वजनिक भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार एस–२५ सिरिज बुधबार सार्वजनिक भएको हो।
उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन्। ती ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा हुन्।
यो फोन हातमा सजिलै बोक्न सक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै एचडी क्यामेरा जडान गरिएको छ।
एआई फिचर्स समावेश गरेको यी फोनमा डायनामिक एमोलोइड २एक्स स्क्रिन हुने छ।
त्यस्तै क्वालकोम स्न्यापड्रयागन ८ इलाइट प्रोसेसर र १२ जिबी र्याममा उपलब्ध हुने कम्पनीले बताएको छ। त्यस्तै, यो फोनमा सात वर्षसम्म फिचर्सहरू अपडेट भइरहेको कम्पनीले बताएको छ।
ग्यालेक्सी एस–२५
६.२ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ।
जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ।
त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ।
यो फोनमा ग्राहकले ४ हजार एमएएच ब्याट्री पाउँछन्।
यो फोन १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन्।
फोनको मूल्य क्रमशः ८० हजार ९ सय ९९ भारू र ९२ हजार ९ सय ९९ भारू छ।
एस–२५ प्लस
६.७ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ।
जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ।
त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ। यो फोनमा ग्राहकले ४ हजार ९ सय एमएएच ब्याट्री पाउँछन्।
यो फोन उपभोक्ताले १२ जिबी/५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउँनेछन्। यसको मूल्य क्रमशः ९९ हजार ९ सय ९९ भारू र एक लाख ११ हजार ९ सय ९९ भारू तोकिएको छ।
एस–२५ अल्ट्रा
६.९ इञ्च डिस्प्ले भएको यो फोनको पछाडि भागमा चार वटा क्यामेरा जडान गरिएको छ।
जसमा मुख्य क्यामेरा २०० मेगापिक्सेल, ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो, १० मेगापिक्सेल टेलिफोटो र ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ।
त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ।
यो फोनमा ग्राहकले ५ हजार एमएएच ब्याट्री पाउँछन्।
यो फोन उपभोक्ताले १२ जिबी/५६ जिबी, १२ जिबी/५१२ जिबी र १२ जिबी/१टिबी (टेराबाइट) क्षमतामा पाउँनेछन्।
यसको मूल्य क्रमशः एक लाख २९ हजार ९ सय ९९ भारू र एक लाख ४१ हजार ९ सय ९९ भारू र एक लाख ६५ हजार ९ सय ९९ सय तोकिएको छ।
यो फोन नेपाली बजारमा छिट्टै आउने सामसङ नेपालले बताएको छ। कम्पनीका अनुसार फेब्रुअरी पहिलो साता ल्याउने योजना बनाइएको छ।