दक्षिण कोरियाली कम्पनी सामसङको बुहुप्रतिक्षित स्मार्टफोन एस–२५ सिरिज भारतीय बजारमा सार्वजनिक हुने भएको छ।
एस–२५ सिरिज बुधबार साँझ सार्वजनिक हुने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन्। ती ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा हुन्।
यो फोन हातमा सजिलै बोक्न सक्ने प्रकारको पातलो हुने अनुमान लगाइएको छ। त्यस्तै गुणस्तरीय क्यामेरा जडान गरिएको हुन सक्ने अनुमान छ।
एआई फिचर्स समावेश गरेको यी फोनमा डायनामिक एमोलोइड २एक्स स्क्रिन हुने छ। त्यस्तै क्वालकोम स्न्यापड्रयागन ८ इलाइट प्रोसेसर र १२ जिबी र्याममा उपलब्ध हुने कम्पनीले बताएको छ।
सामसङ ग्यालेक्सी एस–२५ ग्राहकले १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन्। फोनको मूल्य क्रमशः ८४ हजार ९ सय ९९ भारू र ९४ हजार ९ सय ९९ भारू छ।
एस–२५ प्लस उपभोक्ताले १२ जिबी/५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउँनेछन्। यसको मूल्य क्रमशः एक लाख ४ हजार ९ सय ९९ भारू र एक लाख १४ हजार ९ सय ९९ भारू तोकिएको टछ।
को मूल्य भारतीय बजारमा अर्थात् एक लाख ५१ हजार ९ सय ९९ रूपैयाँ पर्नेछ। यो फोन उपभोक्ताले १२ जिबी र्याम/५१२ जिबी स्टोरेजमा पाउनेछन्।
एस–२५ अल्ट्राको मूल्य भने सार्वजनिक गरिएको छैन।
याे फाेन नेपाली बजारमा छिटै आउने सामसङ नेपालले बताएकाे छ। कम्पनीका अनुसार फेब्रुअरी पहिलाे साता ल्याउने याेजना बनाइएकाे छ।