प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको बताए।
सरकारले ल्याएको अध्यादेशमा लगानी स्वदेश र विदेशमा आदानप्रदान सहजीकरणका व्यवस्थाले उत्साहित तुल्याएको भन्दै सहभागीले सरकारलाई धन्यवाद दिएका थिए।