नेपाली बजारमा विभिन्न कम्पनीका फोन भित्रिएका छन्। त्यो मध्ये चिनियाँ कम्पनीले भिभोले नेपाली बजारमा राम्रो स्थान पाएको छ।
भिभोले सबै उमेर समूहलाई सुहाउँदो सस्तादेखि महँगा स्मार्टफोन ल्याउने भएकाले ग्राहक यस कम्पनीको फोन प्रति बढी आकर्षित छन्। कम्पनीले हाल बजारमा १४ हजारदेखि ६६ हजार रूपैयाँसम्मका फोन ल्याएको छ।
त्यसमध्ये यहाँ बजारमा भर्खरै आएका स्मार्टफोनबारे उल्लेख गरिएको छ।
भिभो वाई–०३
यो फोनमा ६.५६ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा १३ मेगामिक्सेल क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ४ जिबी/६४ जिबी र ४ जिबी/१२८ जिबी क्षमतामा किन्न सक्छन्। फोनको मूल्य क्रमशः १३ हजार ४ सय ९९ र १४ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
भिभो वाई–१९एस
यो फोनमा ६.६८ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा दुई वटा क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा ५० मेगापिक्स र ०.०८ डेप्थ सेन्सर छ।
त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ।
५ हजार एक सय ५० एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन १६ जिबी/१२८ जिबी क्षमतामा किन्न सक्छन्। फोनको मूल्य १८ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
भिभो भि–४०लाइट
यो फोनमा ६.६७ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा मख्य क्यामेरा ५० मेगामिक्सेल र २ मेगापिक्सेल डेप्थ क्यामेरा जडान गरिएको छ। त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा ३२ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा ८० वाटको सुपर फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन ८ जिबी/२५६ जिबी क्षमतामा किन्न सक्छन्। यो फोनको मूल्य ३६ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
भिभो–भि–४० फाइभ जी
यो फोनमा ६.७८ इञ्चको डिस्प्ले छ। गुणस्तरीय फोटो खिच्नका लागि फोनको पछाडि भागमा दुईटा क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा मेगामिक्सेल र ५० मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा जडान गरिएको छ।
त्यस्तै, सेल्फी लिनका लागि फोनको अगाडि भागमा ५० मेगापिक्सेल क्यामेरा जडान गरिएको छ।
५ हजार ५ सय एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा ८० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
ग्राहकले यो फोन १२ जिबी/२५६ जिबी क्षमतामा किन्न सक्छन्। फोनको मूल्य ६५ हजार ९ सय ९९ रूपैयाँमा किन्न सक्नेछन्।