फेसबुक, इन्स्टाग्रामको मातृ कम्पनी मेटाले पाँच प्रतिशत कर्मचारी हटाउने भएको छ।
कम्पनीका सिइओ मार्क जुकरबर्गले राम्रो काम नगर्ने कर्मचारीलाई हटाउने योजना कर्मचारीलाई सुनाएको याहु फाइनान्सले समाचारमा उल्लेख गरेको छ।
आगामी वर्ष चुनौतीपूर्ण हुनसक्ने भन्दै यस्तो निर्णय गर्न लागिएको बताइएको छ।
कम्पनीबाट जागिर गुमाएका कर्मचारीलाई फ्रेब्रुअरीसम्म जानकारी दिइसक्ने जुकरबर्गले बताएका छन्।
मेटामा लगभग ७२ हजार कर्मचारी छन्। पाँच प्रतिशत हटाउँदा ३६ हजार कर्मचारीले रोजगारी गुमाउने छन्।