मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक भएको छ।
आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिइन्।
महाशाखाको वेभसाइट http://mfd.gov.np/ ह्याक भएको भन्ने सूचना देखाइएको छ।
‘ह्याक भएको हो। राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो। राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन्।
समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको पनि उनले बताइन्।