एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर ल्याएको छ।
यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्ने कम्पनीले जनाएको छ।
शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्छ।
मंसिर २२ बाट सुरू यो अफर पुस १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
प्याकको आधारमा, ग्राहकहरूले १ जिबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्छन्।
यो अफर लिन ग्राहकले आफ्नो डिभाइसमा एनसेल एप राख्नुपर्छ। एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नुपर्छ।
कम्पनीका अनुसार प्रत्येक शनिबार एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गई सधैं अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सकिन्छ। खरिद पश्चात तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सकिन्छ।
यो अफर सधैं अनका ३९९ रूपैयाँदेखि ९९९ रूपैयाँसम्मका प्याकहरू र ५०, १२५ र ९९९ रूपैयाँका अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध छ।
प्याक सुरू भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम पाइनेछ।
उदाहरणका लागि ३९९ रूपैयाँको सधैं अन लिने ग्राहकले प्याकमा पाइने (८ जिबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवा बाहेक थप १ जिबी डेटा बोनस स्वरुप पाउनेछन्।
त्यस्तै, अनलिमिटेड डेटा प्याक खरिद गर्नेले पनि बोनस टक टाइम पाउनेछन्। जस्तै ३ दिनको समयसीमा रहेको १२५ रूपैयाँ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस पाउनेछन्।
यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ।
सधैं अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ।