सरकारले गत साउन महिनादेखि तीन सय डलरभन्दा महँगा फोन आयातमा प्रतिबन्ध लगाएको थियो। पुसदेखि मात्रै उक्त प्रतिबन्ध हटाइएको हो।
करिब ६ महिनामा बजारमा फ्ल्यागसिप फोनहरू भित्रिन पाएका थिएनन्। पछिल्लो प्रविधि, धेरै सुविधा भएका र तुलनात्मक रूपमा महँगा यस्ता फोन 'प्रिमियम' मानिन्छन्।
सामसङ नेपालले हालै बजारमा यस्तै प्रिमियम फोन भित्र्याएको छ।
लामो समयको प्रतीक्षापछि कम्पनीले ग्यालेक्सी एस २३ सिरिजका फोन; ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा सार्वजनिक गरेको हो।
यी फोन कस्ता छन् र यिनबाट कम्पनीले के-कस्तो बजार अपेक्षा राखेको छ भन्नेबारे बुझ्न हामीले सामसङ इलेक्ट्रोनिक्स नेपालका निर्देशक प्रणयरत्न स्थापितसँग कुराकानी गरेका छौं।
कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः
लामो समयपछि फ्ल्यागसिप फोन सार्वजनिक भएको छ। यसबाट बजार अपेक्षा के-कस्ता छन्?
आयात प्रतिबन्धका कारण प्रिमियम मोबाइल भित्र्याउन पाएका थिएनौं। करिब ६ महिनापछि भित्र्याउँदा उत्साहित छौं।
ग्यालेक्सी एस २३ सिरिजका फोन विश्व बजारमा पहिलोपटक गत फेब्रुअरी १ मा सार्वजनिक भएको हो। नेपालमा हामीले फेब्रुअरी २ देखि नै प्रि-अर्डर खुलायौं। फेब्रुअरी ९ मा सार्वजनिक गर्यौं।
फ्ल्यागसिप फोनको बजारलाई यसले पुनः स्थापना गर्नेमा आशावादी छौं।
अहिले समग्र अर्थतन्त्रको अवस्था नाजुक छ। तर यस्तो अवस्थामा समेत ग्राहकहरू फ्ल्यागसिप फोनको प्रतीक्षामा रहेको पायौं। प्रिमियम ग्राहक वर्गलाई समेट्न यो फोनले मदत गर्छ भन्ने विश्वास छ।
नेपाली बजारमा फ्ल्यागसिप फोनको माग कस्तो छ?
संख्याको हिसाबमा नेपाली बजारमा फ्ल्यागसिप फोन प्रयोगकर्ता वा ग्राहक कमै छन्। इन्ट्री वा मिड रेन्जको फोन बढी खपत हुन्छ। तर प्राविधिक हिसाबले फ्ल्यागसिप फोनको आवश्यकता छुट्टै छ। आवश्यकता र गुणस्तर हेर्ने पनि धेरै हुन्छन्।
धेरैलाई तुलनात्मक रूपमा फ्ल्यागसिप फोन महँगो लाग्छ। तर बजारमा हालसम्म कम्पनीको तर्फबाट दिनसक्ने मूल्यमा यस्ता फोन बिक्री गर्दैछौं। त्यसैले समग्रमा अहिले फ्ल्यागसिप फोनको माग राम्रो छ। 
नयाँ ग्यालेक्सी एस २३ सिरिजले कस्तो प्रतिक्रिया पाइरहेको छ? हालसम्म यसको तीन मोडलमध्ये कुन सबभन्दा बढी रूचाइएको छ?
प्राविधिक तवरमा एस सिरिजका फोन विश्व बजारमा निकै रूचाइन्छ। नेपाली बजारमा पनि ग्यालेक्सी एस २३ बहुप्रतिक्षित सिरिज हो। यी फोन आफैंले ग्राहकलाई लोभ्याएको छ। यसमा भएको प्रोसेसरदेखि फिचर तारिफयोग्य छन्। ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा तीनै मोडलबारे चासो र सोधपुछ भइरहेको छ।
ग्यालेक्सी एस २३ अल्ट्रामा २०० मेगापिक्सलको क्यामरा लेन्स पाउन सकिन्छ। फोटा/भिडिओ गुणस्तरबारे चासो राख्नेका लागि यो मोडल उपयुक्त छ। फिल्म निर्देशक रिड्ले स्कटको सार्वजनिक हुन लागेको नयाँ छोटो फिल्म ‘बिहोल्ड’ सामसङसँगको सहकार्यमा ग्यालेक्सी एस २३ अल्ट्राबाट छायांकन गरिएको छ।
यो मोडलमा एस-पेन पनि छ। एस-पेन प्रयोग गर्न रूचाउनेबाट यसैबारे सोधपुछ आइरहेको छ। राम्रो क्यामरा र अपडेटेड फिचर खोज्ने धेरै जसोले एस २३ र एस २३ प्लसबारे सोधपुछ गर्छन्।
तीनै मोडलबारे चासो बढ्दो छ। धेरैले प्रि-अर्डर समेत गरिसकेका छन्।

प्रि-अर्डर कसरी गर्ने? 
गत फेब्रुअरी २ देखि २२ सम्मका लागि प्रि-अर्डर खुलाएका छौं। यसका लागि सुरूमा वेबसाइटमा गएर रजिस्टर गर्नुपर्ने हुन्छ। यसैबाट मोडल र रङ छान्न सकिन्छ। अनलाइन वा नजिकैको पसलमा गएर पनि प्रि-अर्डर गर्न सकिन्छ। प्रि-अर्डरका लागि पाँच हजार रूपैयाँ बुझाउनु पर्छ।
प्रि-अर्डर गरेकाहरूलाई फोन एक सातामै डेलिभरी गर्दैछौं। यसबाहेक छिट्टै सामसङ मोबाइल बिक्री केन्द्रबाटै किन्न सकिनेछ।
मोबाइल प्रि-अर्डर गर्दा के-के सुविधा पाइन्छ?
पहिलो कुरा, अरूभन्दा छिटो मोबाइल पाइन्छ। यसबाहेक थप सुविधा दिनेछौं।
ग्यालेक्सी एस २३ अल्ट्रा (२५६ जिबी) अर्डर गर्नेले किन्ने बेलामा सित्तैमा ५१२ जिबीसम्म मेमोरी बढाउने र स्मार्ट कभर पाउने छन्।
यो सुविधा नलिनेले ग्यालेक्सी ट्याब ए८ एलटिई (४+६४ जिबी) जम्मा ९ हजार नौ सय ९९ रूपैयाँमा पाउनेछन्। अथवा ग्यालेक्सी वाच५ प्रो २९ हजार नौ सय रूपैयाँमा किन्न सक्नेछन्।
त्यस्तै ग्यालेक्सी एस २३ र एस २३ प्लस अर्डर गर्दा ग्यालेक्सी ट्याब ए७ एलटिई (३+३२ जिबी) निःशुल्क पाइनेछ। विकल्पमा जम्मा ३४ हजार नौ सय ९९ रूपैयाँमा ग्यालेक्सी वाच ५ प्रो किन्न सकिनेछ।
ग्यालेक्सी एस २३ सिरिजका फोन किस्तामा कसरी किन्ने?
शून्य प्रतिशत ब्याजमा इएमआई सुविधा दिँदैछौं। मासिक जम्मा ६ हजार चार सय रूपैयाँ तिरेर मोबाइल किन्न सकिन्छ।
यसका लागि हामीले सानिमा, कुमारी, माछापुच्छ्रे, एनआइसी एसिया, नबिल, एनएमबी, ग्लोबल आइएमई, लक्ष्मी, एनआइएमबी र सनराइज बैंकसँग सहकार्य गरेका छौं। हुलास फाइनान्ससँग पनि समन्वय गरेका छौं। मोबाइल किन्नेले बैंकिङ प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ।
त्यस्तै एस २३ सिरिजका कुनै पनि मोडलसँग अहिले चलाइरहेको फोन साट्न पनि सकिन्छ। यसलाई हामी ‘ट्रेड-इन’ भन्छौं। ग्राहकसँग भएको फोनको बजार मूल्यांकन गरेर थप ८ हजार बढी दिनेछौं।
यी तीनै फोनको ग्लासमा एक वर्षको बीमा सुविधा पनि छ। 
के छ विशेषता यी फोनको?
एस २३ सिरिज वातावरण-मैत्री बनाउन खोजिएको छ। यसमा प्रयोग भएका १२ वटा सामग्री र प्याकेजिङ पुनः प्रयोग गरिएका (अपसाइकल र रिसाइकल) हुन्।
तीनै मोडलमा १२ मेगापिक्सलको सेल्फी क्यामरा र १२ मेगापिक्सलकै अल्ट्रा वाइड क्यामरा छ। साथै १०.० मेगापिक्सलको टेलिफोटो लेन्स छ।
एस २३ अल्ट्रामा पछाडिको क्यामरा २०० मेगापिक्सलको छ। अप्टिकल जुम ३x देखि १०x र डिजिटल जुम १००x सम्मको छ।
एस २३ प्लस र एस २३ मा ५० मेगापिक्सलको छ। अप्टिकल जुम ३x र डिजिटल जुम ३०x सम्मको छ।
यी फोनबाट फोर-के भिडिओ खिच्न मिल्छ। भिडिओमा स्टेबलाइजर भएकाले हल्लिएको महशुस हुँदै। यी फोन आइपी ६८ वाटर र डस्ट रेसिस्टेन्ट (पानी र धूलो) प्रतिरोधात्मक पनि छन्।
स्नापड्रागन ८ जेन२ प्रोसेसर भएकाले फोन राम्रो चल्छ। गेमिङमा रूचि राख्नेका लागि अझ उपयुक्त छ किनभने छिटो तात्ने समस्या हुँदैन।


ग्यालेक्सी एस २३ सिरिजका विभिन्न मोडलका थप विशेषता-
	
		
			|   | 
			
			 ग्यालेक्सी एस २३ अल्ट्रा 
			 | 
			
			 ग्यालेक्सी एस २३ प्लस 
			 | 
			
			 ग्यालेक्सी एस २३ 
			 | 
		
		
			| 
			 डिस्प्ले 
			 | 
			
			 ६.८ इन्च 
			 | 
			
			 ६.६ इन्च 
			 | 
			
			 ६.१ इन्च 
			 | 
		
		
			| 
			 रिफ्रेस रेट 
			 | 
			
			 १-१२९ हर्ज 
			 | 
			
			 ४८-१२० हर्ज 
			 | 
			
			 ४८-१२० हर्ज 
			 | 
		
		
			| 
			 बनावट (लम्बाइ xचौडाइ xमोटाइ) 
			 | 
			
			 १६३.४ x ७८.१ x ८.९ 
			 | 
			
			 १५७.८ x ७६.२ x ७.६ 
			 | 
			
			 १४३.३ x ७०.९ x ७.६ 
			 | 
		
		
			| 
			 क्यामेरा 
			 | 
			
			 २०० मेगापिक्सेल 
			 | 
			
			 ५० मेगापिक्सेल 
			 | 
			
			 ५० मेगापिक्सेल 
			 | 
		
		
			| 
			 भिडिओ स्टेबलाइजर 
			 | 
			
			 छ। 
			 | 
			
			 छ। 
			 | 
			
			 छ। 
			 | 
		
		
			| 
			 ब्याट्री क्षमता 
			 | 
			
			 ५००० एमएएच 
			 | 
			
			 ४७०० एमएएच 
			 | 
			
			 ३९०० एमएएच 
			 | 
		
		
			| 
			 तौल 
			 | 
			
			 २३३ ग्राम 
			 | 
			
			 १९५ ग्राम 
			 | 
			
			 १६८ ग्राम 
			 | 
		
		
			| 
			 प्रोसेसर 
			 | 
			
			 सबै मोडमा अक्टाकोर स्नापड्रागन८ जेन-२ प्रोसेसर दिइएको छ। 
			 | 
		
		
			| 
			 टिकाउका लागि 
			 | 
			
			 सबै मोडलमा गोरिला ग्लास भिक्टस२ पाउन सकिन्छ। 
			 | 
		
		
			| 
			 कनेक्टिभिटी 
			 | 
			
			 सबै मोडलमा ५जी चल्छ। 
			 | 
		
		
			| 
			 एस-पेन 
			 | 
			
			 छ। 
			 | 
			
			 छैन। 
			 | 
			
			 छैन। 
			 | 
		
		
			| 
			 रङहरू 
			 | 
			
			 कालो, हरियो, क्रिम 
			 | 
			
			 ल्याभेन्डर र हरियो 
			 | 
			
			 ल्याभेन्डर र हरियो 
			 | 
		
	
मूल्य सूचीः
	
		
			| 
			 क्र.म. 
			 | 
			
			 मोडलको नाम 
			 | 
			
			 मूल्य 
			 | 
		
		
			| 
			 १. 
			 | 
			
			 ग्यालेक्सी एस २३ अल्ट्रा (१२+५१२ जिबी) 
			 | 
			
			 रु. २,०९,९९९ 
			 | 
		
		
			| 
			 २. 
			 | 
			
			 ग्यालेक्सी एस २३ अल्ट्रा (१२+२५६ जिबी) 
			 | 
			
			 रु. १,९१,९९९ 
			 | 
		
		
			| 
			 ३. 
			 | 
			
			 ग्यालेक्सी एस २३ प्लस (८+२५६ जिबी) 
			 | 
			
			 रु.१,५२,९९९ 
			 | 
		
		
			| 
			 ४. 
			 | 
			
			 ग्यालेक्सी एस २३ बेस (८+२५६ जिबी) 
			 | 
			
			 रु.१,२७,९९९ 
			 |