भिभोको ‘भि नाइन’ सार्वजनिक


चिनिया फोन निर्माता भिभोले ‘भि नाइन’ मोडलको नयाँ स्मार्टफोन बजारमा ल्याएको छ।

यस फोनको मूल्य ३७ हजार ७९० निर्धारण गरिएको कम्पनीले जनाएको छ। फोन कालो र सुनौलो गरी दुई रंग भेरियन्टमा उपलब्ध छ।

फोनमा ६.३ इन्चको फुलएचडी आइपिएस डिस्प्ले रहेको छ। फोनको डिस्प्ले गोरिला ग्लास ३ र २.५डी कभ्र्ड ग्लासले सुरक्षित गरिएको छ।

फोन एन्ड्रोइड ओरियो ८.१ भर्सनको अपरेटिङ सिस्टममा आधारित छ भने स्नापड्रागन ६२६ एसओसीको प्रयोग गरिएको छ। यसका साथै फोनमा २.२ गिगाहर्जको सिपियु प्रोसेसर समावेश गरिएको छ।

फोनको र्याम क्षमता तुलनात्मक रुपमा ठूलो रहेको छ। फोनमा ४ जीबी र्याम छ भने ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ जसलाई मेमोरी कार्डमार्फत २५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ।

भिभोले यो फोन युवालाई लक्षित गरेर ल्याइएको बताएको छ। यसैकारण कम्पनीले भि नाइनमा तीन क्यामरा दिएको कम्पनीले जनाएको छ।

फोनमा एआई फेस ब्युटीमोड प्रविधिसहित २४ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। कम्पनीले यस प्रविधि करिब दश लाख फोटोहरुको डाटाबेस प्रयोग गरी तयार पारिएको भन्दै यसले प्रयोगकर्ताको लिङ्ग, छालाको बनोटको अवस्थाका आधारमा ‘ब्युटीफाई’ गर्ने दाबी गरेको छ।

फोनको पछाडि दुई वटा क्यामरा छन्। यसमा १६ र ५ मेगापिक्सेलको क्यामरा छन्। यी क्यामरामा एलइडी फ्ल्यास समेत दिइएको छ।

फोनमा फिंगरप्रिन्ट, फेस अनलक, प्रोक्जिमिटी लगायतका सेन्सर समावेश गरिएका छन्।

यसमा ३ हजार २६० एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.