काठमाडौंका ६ ठाउँमा फ्रि वाइफाई


काठमाडौं महानगरका ६ स्थानमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ।

वल्र्डलिङ्क कम्युनिकेसन र काठमाडौ महानगर विच निःशुल्क वाइफाईको सम्झौता भएको हो।

नगरपालीकाको तर्फवाट प्रमूख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्डलिङ्क कम्युनिकेसनका निर्देशक विजय कुमार जलानले करारमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अबको ६० दिन भित्र पशुपतीनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु र बसन्तपुर हनुमान ढोका क्षेत्रमा वाइफाई सुरु हुने छ। केही कारणबस समयमा काम पुरा नभए अन्य ३० दिन मात्र म्याद थप हुने सम्झौतामा उल्लेख छ।

वल्र्ड लिङ्क र महानगर विच करारको अवधि ५ वर्षको हुने छ भने म्याद थप्न पनि सकिने छ।

महानगरपालिकाले तोकेका अन्य स्थानमा पनि वल्र्ड लिङ्कले वाइफाई सेवा प्रदान गर्नुपर्ने छ त्यसो गर्न नसके महानगरले अरु सेवा प्रदायकसँग सहकार्य गर्ने करारमा उल्लेख गरीएको छ।

प्रयोगकर्ताको संख्या बृद्दी भएसँगै वल्र्ड लिङ्कले क्षमता पनि बढाउनु पर्नेे छ।

अहिले ६ ठाँउमा मात्र सेवा दिएपनि क्रमश बढाउँदै लैजाने काठमाडौं महानगरपालीकाका मेयर विद्याशुन्दर शाक्यले बताए।

कार्यक्रममा बोल्दै वल्र्ड लिङ्क कम्युनिकेशनका निर्देशक विजय कुमार जलानले महानगरसँग सहकार्य गरेर अरु ठाँउमा पनि सेवा दिने इच्छा रहेको बताए।

पशुपतिनाथ

एक्सेस प्वाइन्ट – ११

न्युनतम प्रयोगकर्ता २ सय देखी ७ सयसम्म

१० एमबिपिएस -आवश्यकता अनुसार बढाउन सकिने

बौद्ध

एक्सेस प्वाइन्ट ४

२५० देखी ५ सय सम्म प्रयोगकर्ताले प्रयोग गर्न सक्ने

१० एमबिपिएस

 

शङ्ख पार्क

एक्सेस प्वाइन्ट – २

५० देखी २ सय जनाले प्रयोग गर्न सक्ने

१० एमबिपिएस

 

बालाजु बाइसधारा उद्यान

एक्सेस प्वाइन्ट – ७

२ सय देखी ७ सय प्रयोगकर्ताले प्रयोग गर्न सक्ने

१० एमबिपिएस

 

स्वयम्भु

एक्सेस प्वाइन्ट – ५

२ सय देखी ३ सय प्रयोगकर्ता

१० एमबिपिएस

 

बसन्तपुर हनुमान ढोका

एक्सेस प्वाइन्ट – ९

३ सय देखी ५ सयप्रयोगकर्ताले प्रयोग गर्न सक्ने

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.