ओप्पो र डोल्बिबीच साझेदारी


ओप्पो र अडियो, ईमेजिङ र आवाज प्रविधिको क्षेत्रमा कार्यरत डोल्बि ल्याबे्रटोरिज्ले ओपोसंग ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारी भएको छ।

ओपोले डोल्बिको अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने बताएको छ।

एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौं कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तरराष्ट्रिय मानक हो ।

त्यसैगरी, जेपीईजी–एचडीआर स्ट्र्याटिक ईमेज ईनकोडिङ मानक हो। यसले ८ बिट्स भन्दा बढीको डायनामिक रेञ्जमा डाटा सञ्चय गरी प्रयोगकर्तालाई पोष्ट प्रोसेसिङका दौरान स्याम्प्लिङमा सघाउने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.