ओप्पोको ए७१ बजारमा


चिनिया फोन निर्माता ओपोले ए सिरिजको पोर्टफोलियोमा नयाँ मोडल ए७१ (२०१८) सार्वजनिक गरेको छ।

ओपोको नयाँ मोडल ए७१ (२०१८) मा परिस्कृत एआई ब्युटी प्रविधि र शक्तिशाली क्वालकम स्नापड्रागन ४५० प्रोशेसर उपलब्ध छ।

फ्रण्ट क्यामेरामा ओपोको आफ्नै सेल्फी प्रविधि प्रयोग गरिएको छ जसमा स्लिम मेटालिक युनी बडी डिजाइनमा रहेको कम्पनीले जनाएको छ।

सुनौलो र कालो गरी दुई रंगमा उपलब्ध यस फोनको मूल्य १५ हजार ९ सय ९० निर्धारण गरिएको छ।

एआई ब्यूटी प्रविधि

ओपो ए७१ (२०१८)मा विशेष ओपोकै लागि निर्मित २ सय भन्दा बढी अनुहारका विशेषताको पहिचान गर्न सक्षम एआई ब्यूटी फङ्सन समाहित गरिएको कम्पनीले बताएको छ।

यसका कारण फोनले अनुहारको पहिचान र ब्यूटी रिटचिङको कार्य थप सटिकतापूर्ण तरिकाले गर्न सक्ने तथा ईमेज डाटाबेस र आफैँ सिक्ने क्षमताका कारण यो फङ्सनले विभिन्न छालाका किसिम, रंग, उमेर र लिंगको पहिचान गरी आवश्यकता अनुसार ब्यक्तिगत तवरमा तस्विर परिमार्जनमा सघाउँने ओप्पोले जनाएको छ।

सरल परिचालन, अनुभव र उत्कृष्ट प्रदर्शनी

नयाँ फोनले सहज परिचालनका लागि तिब्र गतिमा कार्य सम्पादन गर्नुका साथै उर्जा खपतमा समेत न्यूनिकरण ल्याउन सघाउने ओप्पोले दाबी गरेको छ। फोनमा १.८ जिएचजेडमा क्ल्क्ड गरिएका ६४ बिट प्रोशेसिंग कोरसहितको स्न्यापड्र्यागन ४५० प्रोशेसर जडान गरिएको छ।

यसले गर्दा फोनमा एकै पटकमा धेरै एप सञ्चालन गर्न सजिलो हुनुका साथै एप विचमा स्विच गर्नपनि सहज हुनेछ। एप खोल्ने कार्यमा फोनको औषत गति १२ दशमलव ५ प्रतिशत तिब्र रहेको कम्पनीको दाबी छ। फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।

क्यामेरा

नयाँ फोनमा सेल्फीकालागि १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसनसहित ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा दिइएको छ। त्यसैगरी, कम प्रकाश भएका स्थानमा समेत फोटोमा न्यवाइज न्यूनिकरण तथा स्पष्ट तस्विर खिच्नका लागि मल्टि–फ्रेम डिनोइजिंग प्रविधि सहित १३ मेगापिक्सेल क्षमता सहितको रियर क्यामेरा उपलब्ध छ।

कम्पनीले फोनमा अल्ट्रा एचडी फिचरपनि उपलब्ध गराएको छ। यसले मल्टिब्रस्ट फोटोलाई एउटै बनाएर १३ मेगापिक्सेल क्यामेराबाट खिचिएको फोटोलाई ३२ एमपीको एफेक्ट दिने क्षमता राख्छ।

स्ट्रिमलाइन डिजाइन अवधारणा

डिजाइनको कुरा गर्दा ए७१ (२०१८)मा स्लिक युनिबडी डिजाइनमा ५ दशमलव २ ईञ्चको एचडी स्क्रिन जडान गरिएको छ। यसले फोनलाई आकर्षक र प्रिमियम लुक्स प्रदान गर्नुका साथै बोक्दा समेत आरामदायी अनुभव प्रदान गर्छ।

कलर ओएस ३.२मा आधारित एण्ड्रोइड ७.१

२ जीबी र्याम र १६ जीबी रोम सहितको कलर ओएस ३.२ ले नयाँ मोबाइल मार्फत तिब्र गतिमा ट्रान्सफर सुविधा, सुरक्षा फिचर्स र सटिक फङ्सनको नयाँ मज्जा उपलब्ध गराउँछ। साथै, फोनमा उपलब्ध स्प्लिट स्क्रिन फिचरले मल्टिटास्किङ, गेम एक्सिलिरेसन, नाइट सिल्ड लगायत सुविधापनि उपलब्ध छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.