ओप्पोको ए७१ को नयाँ भेरियन्ट यसै महिना


चिनिया फोन निर्माता ओपोले चाँडै नै नेपाली बजारमा ओपो ए७१ (२०१८) सार्वजनिक गर्ने भएको छ।

ओपोले ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन थप गर्ने भएको हो।

परिस्कृत एआई ब्यूटी प्रविधि र क्वालकम स्नापड्रागन ४५० प्रोशेसर सहितको ए७१(२०१८) को सेल्फी क्यामेरामा ओपोको कोर सेल्फी प्रविधि उपलब्ध गरिएको कम्पनीको भनाई छ।

पहिलो संस्करण ओक्टाकोर सीपीयूसहित ३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्री भएको ओपो ए७१ गत वर्षको सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो।

कम्पनीले मध्यम मूल्यको यस फोनको माग उच्च भएको भन्दै मार्च महिना भित्रै सार्वजनिक गर्नेे जनाएको छ।

कम्पनीले नयाँ फोन सुनौलो र कालो गरी दूई रंगमा सार्वजनिक हुने जानकारी दिएको छ।

ओपोको नयाँ मोडलले सहज मल्टिटास्किङ तथा एक एपबाट अर्कोमा स्विच गर्न सहज तथा तिब्र कार्य सम्पादन क्षमता उपलब्ध गराउँछ। यसले गर्दा फोटो लिने, भिडियो हेर्ने तथा गेम खेल्ने लगायत कार्य सहजताका साथ गर्न सकिने ओप्पोले दाबी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.